चितवनमा थप ३१ जनामा कोरोना पुष्टि

0
256

भदौ २६, २०७७ चितवन : चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा ३४ जना संक्रमित थपिएका छन्।

चितवन, नवलपुर र पर्सामा गरी ३४ जना संक्रमित थपिएका अस्पतालले जनाएको छ। चितवनका ३१, नवलपुरका २ र पर्साका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा चितवनका सबै भरतपुर महानगरपालिकाका रहेका छन्। जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन्।
पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका छन्। यस्तै महिलाहरु २४ देखि ५४ वर्ष उमेर समूहका छन्। उनीहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।
यसैगरि नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब दिएका थिए।
यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ। चितवनमा शुक्रबार विहानसम्म कुल संक्रमितको संख्या ११ सय नाघेको छ।

SHARE