२५ सय तिरेर कोरोना परीक्षण गर्न सकिने

0
556

भदौ २५, २०७७ डडेल्धुरा : डडेल्धुरा अस्पतालमा २ हजार ५ सय तिरेर स्वइच्छाले कोरोना परीक्षण गराउन सकिने भएको छ।
अस्पतालले बिहीबार एक सूचना जारी गरी निर्देशिकाभन्दा बाहिरका अर्थात् कसैले स्वेच्छाले कोरोनाको पिसिआर परीक्षण गर्दा २ हजार ५ सय शुल्क तोकेको हो। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालीन कार्य संचालन केन्द्र तथा अस्पताल व्यवस्थापन समितिको निर्णयअनुसार शुल्क तोकिएको अस्पतालका निमित्त मेसु डा। जगदीशचन्द्र विष्टले जानकारी दिए।
यसअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले पनि स्वेच्छाले कोरोनाको पिसिआर परीक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरिसकेको छ।

SHARE