चितवनमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

0
371

भदौ २५,२०७७ काठमाडौँ  :  चितवनमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारत भरतपुर महानगरपालिका ११ का ६२ वर्षीय पुरुषको बिहीबार दिउसो १२ः२० बजे मृत्यु भएको अस्पतालका निर्देशक डक्टर दयाराम लम्सालले जाननकारी दिए ।

ती पुरुष श्वासप्रश्वासमा समस्या भई भदौ २० गते अस्पताल भर्ना भएका थिए। भदौ २२ गते कोरोना पोजिटिभ पुष्टि भएको र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।

SHARE