गण्डकीमा ४९ जना कोरोना सङ्क्रमित थप

0
244

भदौ २५, २०७७ कास्की : गण्डकी प्रदेशमा बिहीबार बिहान ६ जिल्लाका ४९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्ति अनुसार थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिकाका १९ जना, बागलुङको जैमिनी नगरपालिका १ जना, बरेङ गाउँपालिकाका १ जना र गलकोट नगरपालिकाका १ जना छन्।
यस्तै पर्वतका १ जना, तनहुँको भिमादका ३ जना, स्याङ्जाको पुतलीबजार नगरपालिकाका १२ जना र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को कावासोती नगरपालिकाका ३ जना र देवचुली नगरपालिकाका १ जना रहेका छन्।
कास्कीको पोखरा महानगरपालिका १५ का २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफ नर्स हुन भने वडा नं। ३२ का ५० वर्षीय पुरुष पनि सोही अस्पतालमा उपचाररत छन्।
पोखरा महानगरपालिका १९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष पर्वतमै नेपाल प्रहरीमा कार्यरत छन्।  बागलुङको जैमिनीका ५१ बर्षिया महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छिन्।

SHARE