आमालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

0
403

भदौ २४,२०७७ इलाम : इलाममा आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले इलाममा एक युवकलाई पक्राउ गरेको छ ।

इलामको देउमाई नगरपालिका – ६ शान्तिडाडाँका २३ वर्षीय युवकलाई इलाम नगरपालिका – ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
ती युवकले गएको भदौ ७ गते ६३ वर्षीया आफ्नी आमालाई जवर्जस्ती करणी गरेर फरार भएका थिए । आमालाई करणी गरेको किटानी जाहेरी परेपछि प्रहरीले युवाको खोजी थालेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार, उनलाई गएराति प्रहरी निरीक्षक नवीन राईको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

SHARE