६४९ स्थानीय तहलाई अस्पताल बनाउन मन्त्रालयको निर्देशन

0
418

भदौ २४, २०७७ काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच शैय्‍याका अस्पताल बनाउन निर्देशन दिएको छ।

सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
कोभिड–१९ सङ्क्रमणका बिरामी राख्‍न शैय्‍याको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो।
पाँच शैय्‍याका दरले ती स्थानीय तहमा तीन हजार २४५ शैय्‍याका अस्पताल बन्नेछन्। अहिले नेपालमा ४८ हजार १३८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन्।

SHARE