मापसेमा परेका चालकको अब तस्बिरसहितको रेकर्ड

0
527

भदौ २४,२०७७ नेपालगंज : जाँड रक्सी खाएर सडकमा सवारी साधन चलाउने चालकहरूको अब तस्बिरसहित रेकर्ड राखिने भएको छ ।
बाँके ट्राफिक प्रहरीले अब अत्याधुनिक अल्कोहल टेष्ट मेसिन ९ब्रेथलाइजर० मार्फत जड्याहा चालकहरुको तस्बिरसहितको रेकर्ड राख्ने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले मंगलबार जिल्ला प्रहरी कार्यालयमार्फत ट्राफिक प्रहरीलाई तीन थान अत्याधुनिक ब्रेथलाइजर मेसिन प्रदान गरेसँगै ट्राफिक प्रहरीले अब उक्त मेसिनसहित मादक पदार्थ सेवन गरी सडकमा सवारी चलाउने चालकलाई कारबाही गर्ने भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट तीन थान अत्याधुनिक ब्रेथलाइजर मेसिन जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानालाई हस्तान्तरण गरेका छन ।

प्रजिअ कुरुम्बाङले जिल्लामा मापसे चेकजाँच गर्ने अत्याधुनिक मेसिन हालसम्म नभएको अवस्थामा ट्राफिक प्रहरीलाई मापसे चेकजाँच गर्न सहज होस् भनेर उक्त मेसिन प्रदान गरिएको बताए ।

SHARE