
भदौ २३, २०७७ काठमाडौं : आज नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ






