सेनाका ६३ सहित ७६ जनामा कोरोना पुष्टि

0
314

भदौ २३,२०७७ कैलाली : कैलालीको लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीका अनुसार शिक्षालयका २ सय ४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा सोमबार गरिएको ४ सय ४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

SHARE