पहिरोमा पुरिएर युवतीको मृत्यु

0
299
फाइल फोटो

भदौ २३, २०७७ कास्की :  कास्कीको रुपा गाउँपालिका–६ मा पहिरोमा पुरिएर एक युवतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार मंगलबार बिहान करिब साढे ४ बजे आएको पहिरोमा परी २० वर्षीया सिर्जना विकको मृत्यु भएको हो।
पहिरोले स्थानीय काजी विकको घरमाथि रहेको ढिस्को झरेर पुरेको हो। घरमा काजीसहित उनका भाइ सन्दीप र सिर्जना सुतेका थिए।

SHARE