रोकिएको जग्गाको कित्ताकाट खुल्ला

0
434

भदौ २२, २०७७ काठमाडौं : सरकारले तीन वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ। खेतीयोग्य जग्गामा कित्ताकाट गर्न सकिने निर्णय सरकारले गरेको हो।

खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न प्रतिबन्ध लगाइएका निर्णयहरुलाई बदर गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत लक्षमण बहादुर कठायतले जानकारी दिए।
गत बिहीबारको मन्त्रिपरिषद बैठकले यसअघिका सबै निर्णयहरु बदर गर्दै खेतीयोग्य जग्गामा कित्ताकाटको स्वीकृति दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को उक्त निर्णयका आधारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका कार्यालयलाई कित्ताकाट खुला भएको जानकारी दिएको हो।
यही शुक्रबार मन्त्रालयका शाखा अधिकृत कठायतले भूमि व्यवस्थापन विभाग र नापी विभागलाई ‘कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धमा’ पत्र पठाएको थियो। ुभू(उपयोग नियमावली जारी भई भू(उपयोग नक्शा र डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण नहुन्जेलसम्मका लागि कृषियोग्य जग्गामा कित्ताकाट गर्न सकिने छु।
मन्त्रालयले पत्रमा भनेको छ, ुभू(उपयोग ऐन र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट खुलाउन विभागमार्फत मातहतका सबै कार्यालयहरुलाई निर्देशन दिने।ु सरकारले यसअघि २०७४ साउन २६ देखि कृषियोग्य जमिन कित्ताकाट रोकेको थियो।
तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री गोपाल दहितको पालामा भएको निर्णयलाई मन्त्रिपरिषद् बैठकले रद्द गरिदिएपछि कित्ताकाट खुलेको हो। सरकारले २०७५ पुस निर्णयसमेत बदर गर्ने निर्णयसहित खेतीयोग्य जमिन कित्ताकाट गर्ने बाटो खोलेको हो। थाहाबाट

SHARE