भारतमा ९१ हजार भन्दा बढी संक्रमित थपिए

0
398

भदौ २२, २०७७ काठमाडौं : भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढ्दै गइरहेको छ।
पछिल्लो २४ घण्टामा सर्वाधिक ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये हिजो मात्रै भारतमा १ हजार ८ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट उच्च प्रभावित भएको भारतमा हालसम्म संक्रमित हुनेको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ भने मृत्यु हुनेको संख्या ७१ हजार ६ सय ८७ रहेको छ।

SHARE