गण्डकीमा ६७ जना कोरोना संक्रमित थप

0
397

भदौ २२, २०७७ कास्की : गण्डकी प्रदेशमा सोमबार बिहान ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या दुई हजार ५९८ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तथा गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकामा ३१ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैँडाकोट नगरपालिकामा एकजना, देवचुली नगरपालिकामा १४ जना, गोरखाको गोरखा नगरपालिकामा १६ जना, पालुङ्गटार नगरपालिकामा दुईजना र तनहुँको व्यास नगरपालिकामा तीनजनामा संक्रमण पुष्टि भएको हो।

SHARE