
भदौ २०, २०७७ पर्सा : कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एक पुरुषको मृत्यु भएको छ ।
पकाहामैनपुर गाउँपालिका–२ का ७५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो। नारायणी अस्पतालका सूचना अधिकारी डा। अतुलेश कुमार चौरसियाका अनुसार ती वृद्धको राति साढे ११ बजे मृत्यु भएको हो।
पुराना क्षयरोगका बिरामी समेत रहेका ती वृद्धमा निमोनिया पनि भएको डा। चौरसियाले बताए । वृद्धमा भदौ ५ मा कोरोना पुष्टि भएर अस्पतालमा भर्ना गरिएको थियो ।











