गण्डकीमा थप ४४ जना संक्रमित

0
293

भदौ २०,२०७७ कास्की : क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४४ जना संक्रमितहरु थपिएका हुन् ।

आज थपिएका संक्रमितहरुमा पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन् ।

त्यस्तै, पोखरा महानगरपालिका १७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका १५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका १४ का ४१ र ४४ बर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका २४ का ३१ बर्षीय पुरुष गरी ५ जना भारतबाट आएकाहरु हुन् ।

पोखरा महानगरपालिका १६ का ५२ बर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् ।

लमजुङको बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन् ।

SHARE