विराटनगरको अस्पतालमा एक संक्रमितको मृत्यु

0
341

भदौ २०, २०७७ मोरङ : मोरङको विराटनगरस्थित कोशी अस्पतालको कोभिड अस्पतालमा ६४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–४ की ती महिलाको शुक्रबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन ज्ञानबहादुर बस्नेतले जानकारी दिए।
संक्रमित महिला शुक्रबार अस्पताल भर्ना भएको थिइन्। उनमा श्वासप्रश्वासका समस्या र ज्वरोको समस्या रहेको अस्पतालले जनाएको छ।

SHARE