पेट्रोलको मूल्य बढ्यो

0
1058

भदौ १६, २०७७ काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ।
मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य वृद्धि भएको हो। अब एक लिटर पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ खुद्रा तोकिएको छ।
डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

SHARE