नेपालमा कोरोना परीक्षणको शूल्क घटयो

0
422

भदौ १४, २०७७ काठमाडौं : सरकाले कोरोना भाइरस परीक्षण गर्दा तिर्नुपर्ने शुल्क घटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको परीक्षण शुल्कमा एक हजार एक सय रुपैयाँ घटाएको हो। नयाँ शुल्क बढीमा ४ हजार ४ सय रुपैयाँ तोकेको छ।
यसअघि कोरोना परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ थियो। विश्‍व बजारमा कोरोना परीक्षणका लागि प्रयोगशालामा सामग्रीहरुको मूल्य घट्दै गएपछि सरकारले पनि परीक्षण शुल्क घटाएको जनाएको छ।
हाल सेवा शुल्क १० प्रतिशत लिन पाउने गरी परिक्षण शुल्क घटाइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए। उनले सामानको मूल्य घटेसँगै परीक्षण शुल्क समायोजन गरिएको बताए।

SHARE