५ लाखसहित कार्यालय प्रमुख अख्तियारको नियन्त्रणमा

0
556

भदौ १५, २०७७ रुपन्देही : पूर्वाधार विकास कार्यालय बाँकेका कार्यालय प्रमुख मनिष कुमार अर्याल मन्त्रालयभित्रैबाट स्रोत नखुलेको ५ लाख रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार दिउसो उनलाई ५ लाख ३० हजार रुपैयाँसहित बुटवलस्थित भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट पक्राउ गरेको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।

अर्याल सो रकम बोकेर मन्त्रालय आएका थिए। उनका अनुसार उनी कार्यालयको ६६.१. ०७६१ नंको गाडी पनि अख्तियारले नियन्त्रणमा लिएको छ।

SHARE