
भदौ १४, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय २१ संक्रमित बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा आज आइतबार देशका सबै ठाउँबाट २ सय ६७ संक्रमित डिस्चार्जसमेत भएका जनाइएको छ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज आइतबार देशभर १२ हजार ७ सय १७ जनाको पिसिआर गरिएको छ। त्यस्तै देशभर आज १७ हजार ५ सय १८ सक्रिय संक्रमित रहेका उनले बताए। आज काठमाडौंमा ३ सय ७२ भक्तपुरमा १२ र ललितपुरमा ४५ गरी उपत्यकामा ४ सय २९ संक्रमित थपिएका छन्।
साथै ७ हजार ७ सय ९७ जना अझै क्वारेन्टाइनमा रहेका उनले बताए। हालसम्म ५४ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। त्यस्तै आज मकवानपुरमा ९ जना, रसुवामा ३, काभ्रेमा २५, चितवनमा ९०, धनुषा ७५ र बारामा ८२ जना थपिएका छन्।







