स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुईजनाको मृत्यु

0
291

भदौ १४, २०७७ स्याङ्जा : स्याङजामा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

काठमाडौंबाट चापाकोट आउँदै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो। उपचारको क्रममा चापाकोट ९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको गह्रौ प्राथमिक अस्पताल वालिङले जनाएको छ।
चापाकोट ९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोख्रेल घाइते भएका छन्। उनीहलाई गह्रौ प्राथमिक अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।

SHARE