तीनजना कोरोना संक्रमितको मृत्यु

0
269

भदौ १४, २०७७ काठमाडौं : ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन भएको छ।

शनिबार दिउँसो महोत्तरीकी ६२ वर्षीया महिला र शनिबार राति भैरहवाका ५७ वर्षीय पुरुष र ललितपुरका २९ वर्षीय पुरुषको निधन भएको अस्पतालका निर्देशक डाक्टर रवी शाक्यले जानकारी दिए।
मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाका ५१ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिला रहेका छन्। भैरहवाको पुरुषको शनिबार साँझ ७ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको बताए।

SHARE