आज देशभरबाट थपिए ९२७ जना कोरोना संक्रमित

0
411

भदौ १२, २०७७ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ९२७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज देशभरबाट १ सय ६९ जना डिस्चार्ज भएका पनि जानकारी गराइएको छ।

हालसम्म ५६ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भइसकेका जनाइएको छ। त्यस्तै हाल संक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ। देशभर हाल क्वारेन्टाइनमा रहेनको संख्या ८ हजार ९ सय ३९ रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका हुन्। त्यस्तै आज काठमाडौं उपत्यकामा ४ सय १५ संक्रमित थपिएका छन्।

SHARE