भदौ १२ ,२०७७ गुल्मी : गुल्मीमा कोरोना रोकथामका लागि सीमा नाकामा कडाई गरिएको छ ।
कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि जिल्लामा भित्रिने सीमा नाकाहरु , रिडी , हर्मिचौर , पुर्तिघाट , वामी , नेटा , सौतामारे लगायतका स्थानहरुमा कडाई गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
त्यी नाका भएर जिल्ला भित्रिनेहरुले अनिवार्य रुपमा पीसिआर गरेको रिपोर्ट हुनुपर्ने नभए अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने ब्यबस्था गरिएको छ । जिल्लामा लुकीछिपी आउने र क्वारेन्टाइनबाट भाग्नेलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै दुग्ध ब्यबसाय बिहान ९ बजेदेखि, साँझ ६ बजेसम्म, मासु , तरकारी र फलफूल पसलहरु बिहान ७ देखि साँझ ५ बजेसम्म, अन्य पसल उद्योगहरु बिहान १० देखि साँझ ५ बजेसम्म संचालनमा रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
यदि कसैले जिल्ला प्रशासनको निर्णय अबज्ञ गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धब पन्थीले जानकारी दिए ।