
भदौ १२, २०७७ काठमाडौं : देशका विभिन्न जिल्लामा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ।
सुनसरीको धरानमा ३, चितवनमा २, मोरङ, रुपन्देही र भक्तपुरमा एक÷एक जनाको मृत्यु भएको हो। चितवनको भरतपुर महानगर २ क्षेत्रपुर बस्ने ५१ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।
स्वासप्रश्वासमा समस्या भएर भदौ ५ गते भर्ना भएका पुरुषको पुष्पाञ्जली अस्पतालमा आज विहान १० बजे निधन भएको अस्पतालले जनाएको छ।






