
भदौ १२, २०७७ कास्की : गण्डकी प्रदेशमा शुक्रबार १७ नयाँ संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा चार जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको हो।
नवलपरासीको बर्दघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका १ का चार जना महिला र वडा नं। २ का २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। देवचुली नगरपालिका १५ का एक जना महिला र १६ का एक जना पुरुषमा संक्रमण देखिएको छ।
लमजुङको मस्याङ्दी गाउँपालिका ४ मा एक जना महिला र बेशीसहर ८ मा एक पुरुष, कास्कीको पोखरा महानगरपालिका ३० मा एक महिला र १७ का दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
तनहुँमा थप चार जना कोरोना संक्रमित थपिएका छन्। व्यास नगरपालिका–३ का ३१ र ३८ बर्षिय पुरुष, शुक्लागण्डकी नगरपालिका–१२ का २२ वर्षीय र वडा नम्बर ५ का ४२ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको छ।






