कोरोनाबाट थप आठ जनाको मृत्यु

0
311

भदौ ११, २०७७ काठमाडौं : कोरोना संक्रमणबाट एक गर्भवतीसहित थप ८ जनाको मृत्यु भएको छ । पर्सामा ३, ललितपुरमा २, कास्कीमा १ र रुपन्देहीमा दुई जनाको मृत्यु भएको हो।
पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक गर्भवतीको मृत्यु भएको छ। ३३ हप्ताकी गर्भवती २३ वर्षीया संक्रमितको आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा। आतुलेश चौरसियाले जानकारी दिए।

SHARE