फेरि बढ्यो सुनको मूल्य

0
496

भदौ ११, २०७७ काठमाडौं : सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ।
बुधबार ९६ हजार ८ सय रुपैयाँमा छापावाला सुन आज बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार १ सय रुपैयाँ रहेको छ। चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

SHARE