
भदौ १०, २०७७ : मोरङ कारागारका एकजना कैदीको मृत्यु भएको छ।
लागूऔषध मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर–४ का २६ वर्षीय निराजन यादवको कोशी अस्पतालमा बुधबार अपरान्ह मृत्यु भएको कारागारका जेलर सुवासकुमार लामिछानेले बताए।
क्षयरोगका विरामी रहेका उनमा स्वासप्रश्वासमा समस्या भएपछि बुधबार उनलाई अस्पताल लगिएको थियो।
अस्पतालको आइसोलेशनमा ल्याइ पुर्याउँदा यादवलाई चिकित्सकले मृत घोषणा गरेको थिए। उनको कोरोना परीक्षणका लागी स्वाब संकलन गरिएको छ ।






