
भदौ १०,२०७७ प्युठान : प्युठानका पाँच घर डुवानमा परेका छन् । अविरल बर्षाको पानीको कारण आएको खोलाले पाँच घर डुवानमा परेका हुन् ।


बुधवार दिउँसो परेको अविरल बर्षाले प्युठान नगरपालिका वडा न ९ मरन्ठाना ददेरी निवासी बिक्रम अधिकारीको घर गोठमा खहरे खोला पसी गोठमा रहृेका २ वटा भैंसी, ६ वटा बोकालाई ददेरीले पुरेको छ ।ठुलो पानी परेको र एक्कासी खोला घर गोठमा पसे पछि स्थानीयहरूको पहलमा आधा शरिर डुबेर घाईते अवस्थामा रहेका भैंसी र बोकालाई निकालिएकोे थियो । खोरमा रहेका १५र२० वटा कुखुराहरू का साथै हासँहरूलाई पनि भलले बगाई लगेको विक्रम अधिकारीकी श्रीमतीले जानकारी दिइन् ।
त्यस्तै अधिकारीको घरमा रहेको पसलमा पनि भल पसेर हजारौका सामानहरूलाई क्षति पुराएको छ । घरको तल्लो तला जलमग्न छ भने गोठ , खोर शौचालय पुरै पुरेको छ । घरको वरिपरि ददेरीले भरीएको छ । त्यस्तै गरि नर बहादुर केसी पक्की घरमा पनि भल पसेर तल्लो तला पुरै पुरेको छ । केसीको पसलमा भल पसेर हजारौ रूपैया बराबरको मालसामानलाई क्षति पुगेको छ । भलले केशमान सुनार र गोर बहादुर भण्डारीको घरमा पनि क्षति पुराएको छ ।आज परेको अविरल वर्षा सँगै आएको भलले मरन्ठाना ददेरीमा मात्रै लाखौ रूपैया बराबरको क्षेति भएको छ ।
प्युठान नगरपालिका वडा न। ९ का वडा अध्यक्ष नेहरसिंह केसी, वास कार्यक्रमका संयोजक ईन्द्रमणी पोख्रेल , इन्जिनियर बिरेन्द्र कुवँर , सव इन्जिनियर बिष्णु गिरी , सव इन्जिनियर भिमकान्त पोखेल , सव इन्जिनियर विकास केसी लगायतका प्राविधिक टिमहरू पनि घटनास्थलमा पुगेका थिए ।

एक्कासी परेको अविरल वर्षाका कारण धेरै स्थानमा खोलो र पहिरोले क्षति पुराएको छ ।