सेनाका ५१ सहित बाँकेमा ७३ जनालाई कोरोना पुष्टि

0
323

भदौ १०, २०७७ बाँके :  बाँकेका ५१ जना सेनासहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल नेपालगन्जको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा २२ र बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ५१ गरि ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका नरेशबाबु श्रेष्ठले जानकारी दिए।

बुधबार थपिएका संक्रमितहरुमा नेपाल टेलिकमका ८ जना, माछापुच्छ्रे बैंक, पुरैना स्वास्थ्य चौकी, भेरी अस्पतालका एक–एक जनामा कोरोना पुष्टि भएको उनले बताए।

त्यस्तै, नेपालगन्ज उपमहानगरपालिकाका ६, खजुरा, कोहलपुर र नरैनापुर गाउँपालिकाका एक–एक जनामा पनि कोरोना पुष्टि भएको छ। बुधबार थपिएका मध्य तनहुँ, सुर्खेत र बर्दिया घर भएका एक–एक जना रहेका उनले बताए।

बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ५१ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ। योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय १६ पुगेको छ।

SHARE