कोरोनाका कारण बाराका दुईजनाको मृत्यु

0
452

भदौ १०, २०७७ पर्सा : वीरगन्जको अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका बाराका २ संक्रमितको ज्यान गएको छ।

संक्रमण पुष्टि भएपछि वीरगन्जको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका उनीहरु दुवै जनाको हिजो साँझ वीरगन्जको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा ज्यान गएको हो। उपचारका क्रममा एक जनाको मंगलबार साँझ ८ बजेर ५ मिनेटमा र अर्काको राति १० बजेर ४५ मिनेटमा ज्यान गएको नारायणी अस्पतालका सूचना अधिकारी डा अतुलेश कुमार चौरसियाले बताए।

ज्यान जाने दुवैमा पहिलेदेखि नै विभिन्न दीर्घरोगहरु पनि रहेको उनको भनाइ छ। मृत्यु हुनेहरु बाराको कलैयाका ६६ वर्षीय पुरुष र अर्का पनि बाराकै विश्रामपुर छतवा १ का ४२ वर्षीय पुरुष नै रहेको डा। चौरसियाले बताए।

SHARE