नेपाली सेनाका २० सहित गण्डकीमा ३२ संक्रमित

0
318

भदौ १०, २०७७ कास्की : लमजुङमा नेपाली सेनामा कार्यरत २० जनालाई कोरोना संक्रमण भएको छ।

केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत बागलुङका २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएसँगै भएको ट्रेसिङका क्रममा थप २० जनामा संक्रमण देखिएको हो। लमजुङमै संक्रमण देखिएका अर्का व्यक्ति त्यहाँको ग्लोवल आइएमई बैंकका सुरक्षा गार्ड भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ।

बेशीशहर वडा नम्बर ८ का अन्य २ जनामा पनि संक्रमण देखिएको छ। यता पोखरामा स्वास्थ्यकर्मीमा संक्रमण देखिने क्रम जारी छ । पोखरा महानगरपालिका वडा नम्बर ११ मा रहेको साई अर्चना अस्पतालमा कार्यरत ४६ वर्षीय स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर विनोदविन्दु शर्माले पुष्टि गरे।

SHARE