मंगलबार थपिए ८५५ संक्रमित

0
300

भदौ ९, २०७७ काठमाडौं: उपत्यकामा थप २ सय ३२ जनासहित देशभर ८ सय ५५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अनुसार मंगलबार २७१ जना महिला र ५८४ जना पुरुष संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज नियमित मिडिया ब्रिफिङमा बताएअनुसार आज काठमाडौंमा १ सय ९९ भक्तपुरमा १४ र ललितपुरमा १९ गरी उपत्यकामा संक्रमित थपिएका छन्। मन्त्रालय अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ। त्यस्तै मंगलबारसम्म १४ हजार २ सय ५० जना आइसोलेसनमा छन् आज देशभरबाट ३ सय १३ डिस्चार्ज भएका छन्। त्यस्तै ११ हजार ३ सय २७ जनाको मंगलबार पिसिआर गरिएको छ। हाल देशभर १० हजार ४ सय ५३ क्वारेन्टाइनमा रहेका छन्।

SHARE