
भदौ ९, २०७७ कास्की : गण्डकी प्रदेशमा मङगलवार एक जना पत्रकार र दुई जना सुरक्षाकर्मीसहित मंगलबार बिहान थप १७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या १९ सय ८ पुगेको छ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालयका निर्देशक डा। बिनोदबिन्दु शर्माद्वारा जारी गरिएको दोस्रो विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको स्वाब परीक्षणमा कास्की र तनहुँका १३ जनामा सङ्क्रमणको पुष्टि भएको हो।






