
भदौ ८, २०७७ काठमाडौं : नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् ।
थप ८ जनाको मृत्युसँगै जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ पुगेको छ।











