भदौ ८, २०७७ विराटनगर : विराटनगरमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति मृत्यु भएको हो।
आइतबार कोरोना पुष्टि भएपछि घरमै रहेका उनको स्वास्थ्य अवस्थामा समस्या भएपछि उपचारका लागि कोभिड अस्पताल लगिएको थियो। अस्पताल ल्याएको केही समयपछि उनको मृत्यु भएको कोशी अस्पतालका मेसु डा चुमनलाल दासले जानकारी दिए।