कपिलवस्तुमा पुजारी , जनप्रतिनिधि र प्रहरीसहित ३० जनामा संक्रमण पुष्टि

0
379

जानु पाण्डे
भदौ ८, २०७७ कपिलवस्तु : जिल्लामा २९ कोरोना संक्रमित थप भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार थप भएका मध्ये २७ जना समुदायका रहेका छन्। मायादेवी गाउँपालिका र विजयनगर गाउँपालिकामा वडा सदस्यमा कोरोना संक्रमण भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका ७ प्रहरीमा कोरोना देखिएको छ।
विजयनगर गाउँपालिकामा ६ जना, वाणगंगा नगरपालिकामा ९ जना, मायादेवी गाउँपालिकामा २ जना, शुद्धोधन गाउँपालिकामा ४ जना र शिवराज नगरपालिकामा होम कवारेन्टाइनमा बसेका २ जनामा कोरोना देखिएको छ। जिल्लामा २०४ एक्टिभ केस रहेका छन्।

वाणगंगाका एक पुजारीमा कोरोना देखिएको छ। पुजारीको स्वास्थ्यमा समस्या भएको कारणले गर्दा उपचारका लागि बुटवल पठाइएको छ।

उनमा श्वासप्रश्वासमा समस्या देखिएको छ। अवस्था गम्भीर रहेको उनका आफन्तले बताएका छन्। उनी कृष्णनगरको मन्दिरमा पूजा गराउने गर्थे। उनी वाणगंगा ९ मा स्थायी बसोबास गर्दै आएका थिए।

SHARE