मुख्यमन्त्रीका सवारी चालकलाई कोरोना

0
297

भदौ ७, २०७७ डडेल्धुरा : सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण देखिएको छ।

आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो। मुख्यमन्त्री निवासको गाडी चलाउँदै आएका २३ वर्षीय उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा राखिएको छ।

सवारी चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्‍वारेन्टाइनमा बसेका छन्। आफ्नै निवासमा सुरक्षित ढंगले सेल्फ क्वारेन्टाइमा बसेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिए।
मुख्यमन्त्री भट्टले सोमबार कोरोना परीक्षण गराउने समेत उनले जानकारी दिए।

SHARE