नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता , खोजी कार्य जारी

0
473

भदौ ७, २०७७ रौतहट : रौतहटतिरको बाग्मती नदीको धर्मपुर घाटमा आज आइतबार नुहाउन गएका ३ जना बालिका डुबेर बेपत्ता भएका छन्।

गढीमाई नगरपालिका ७ धर्मपुरटोलका भदै मुखियाका १० वर्षीया छोरी पिंकु कुमारी, लक्षुमण दासकी छोरी १२ वर्षीया सुसिता कुमारी र छट्टु मुखियाकी छोरी १० वर्षीया छोरी चन्चल कुमारी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रवीराज खड्काले जानकारी दिए।

करिब १२ बजे ३ जना बालिका नदीमा डुबेको खबर प्राप्त हुनासाथ प्रहरी गई खोजतलास भइरहेको खड्काले जानकारी दिए। सँगै नुहाउन गएकी अर्चना कुमारी मुखियाले बालिका डुब्दै गरेको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन्। अहिलेसम्म केही पनि पत्ता नलागेको खड्काले जानकारी दिए।

बालिकाहरुको खोजीका लागि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।

SHARE