
भदौ ७, २०७७ : लिखु गाउँपालिका उपाध्यक्ष शान्ता ढुंगेललाई कोरोना संक्रमण पुष्टी भएको हो।
लामो समयदेखि ब्यक्तिगत कामका शिलशिलामा राजधानी काठमाडौं रहेकी ढुंगेललाई संक्रमण पुष्टी भएको उपाध्यक्ष ढुंगेलले टेलिफोन मार्फत जानकारी दिइन्।
आफुलाई समान्य ज्वरोको लक्षण देखिए पछि गत भदौ १ गते स्वाब संकलन गरेर परिक्षणमा पठाएकोमा ३ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको उपाध्यक्ष ढुंगेलको भनाइ छ।
अहिले उनी काठमाडौंस्थित आफ्नै घरमा होम आईसोलेसनमा बसीरहेकी छन्।






