
भदौ ७, २०७७ पर्सा : पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ११ की ५६ वर्षीया महिलाको उपचारका क्रममा शनिबार बेलुका ८ बजे मृत्यु भएको हो।
ज्वरो रुघा खोकी लगायतका स्वाथ्य समस्या देखिएपछि वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको ति महिलाको गत साउन २२ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। २४ गते कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपनि अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको र उपचारका क्रममा मृत्यु भएको कोभिड गण्डक अस्पतालका निर्देशक डाक्टर निरज कुमार सिंहले जानकारी दिए।
स्वाथ्य समस्या जटिल बन्दै गएपछि उनलाई पछिल्लो १२ घन्टा यता भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो।












