कोरोनाले आज ६ वर्षीया बालिकासहित नौ जनाको ज्यान लियो , हालसम्म १४६जनाको निधन

0
302

भदौ ६, २०७७ काठमाडौं : कोरोना संक्रमणबाट एकजन ६ वर्षीया बालिकाले पनि ज्यान गुमाएकी छन्।

मन्त्रालयले शनिबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा। डा। जागेश्‍वर गौतमले देशका विभिन्‍न जिल्लामा ९ जना मानिसको कोभिड संक्रमणका कारण मृत्यु भएको बताए।

प्रवक्ता गौतमका अनुसार सुनसरीमा ६ वर्षीया बालिकाले ज्यान गुमाएकी छन्। सुनसरीमा नै प्लाज्मा थेरापी गराएपछि धनान निबासी ६७ वर्षका पुरुषको पनि मृत्यु भएको छ।
धरान(१५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार मध्यान्ह ज्यान गएको हो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शुक्रबार राति प्लाज्मा थेपारी गरिएको थियो ।
थेरापीपछि स्वास्थ्यमा सुधार देखिए पनि शनिबार उनले ज्यान गुमाएका हुन्। उनको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको भेन्टिलेटरमा राखिएको थियो।
कोभिड(१९ जितेका एक प्रहरी हवल्दारले रक्तदान गरेपछि उनलाई प्लाज्मा थेपारी विधिबाट उपचार गरे पनि ज्यान जोगिएन। त्यस्तै पर्सामा ४८, ५८ र ६१ वर्षका तीन जना पुरुषहरुको मृत्यु भएको छ।
बारामा १ जना ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको पनि कोभिड १९ संक्रमणबाट मृत्यु पुष्टि भएको गौतमले बताए।
यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ६ सय ३४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै कुल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ पुगेको छ ।
हालसम्म पुष्टि भएको संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ।

SHARE