पहिरोले कालीगण्डकी कोरिडोर मर्मतमा समस्या

0
571

भदौ ६, २०७७ म्याग्दी : सुक्खा पहिरोले कालीगण्डकी कोरिडोरअन्तर्गतको बेनी–जोमसोम सडक मर्मत कार्य अवरुद्ध भएको छ।

डेढ महिनादेखि अवरुद्ध सडक मर्मत गर्ने क्रममा म्याग्दीको दाना खण्डको काभ्रेभीरमा सुक्खा पहिरो खस्दा मर्मत कार्य अवरुद्ध भएको हो।

अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने काभ्रेभीरमा शुक्रबार सडक मर्मतका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा माथिबाट ठूलो सुक्खा पहिरो खस्दा उपकरणमा क्षति पुग्नुका साथै सडक मर्मतको काम समेत अवरुद्ध बनेको बेनी–सोमसोम–कोरला सडकखण्डका सुपरभाइजर इन्द्रशिंह शेरचनले जानकारी दिए।

SHARE