
भदौ ५, २०७७ चितवन : चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ सहित २६ जनामा कोरोना पुष्टि भएको छ।
३ सय ६ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ। थपिएका संक्रमितमा भरतपुर महानगरपालिकाका विभिन्न वडाका ११ महिला र ८ पुरुष गरी १९ जना र राप्ती नगरपालिकाका ३ जना पुरुष छन्।
त्यस्तै नवलपरासी पूर्व, पर्वत, पर्सा र मकवानपुरका १–१ जनाका कोरोना पुष्टि भएको अस्पताल प्रमुख डा। नितु अधिकारीले जानकारी दिइन्।







