
भदौ ५, २०७७ काठमाडौं : कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेशनमा रहेको अवस्थामा एकजना पुरुषको मृत्यु भएको छ।
विराटनगर–६ निवासी ४५ वर्षीय पुरुषको बिहीबार बेलुका ८ बजे घरमै मृत्यु भएको हो। सुगर र प्रेसरले लामो समयदेखि ग्रसित पुरुषलाई भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको वडा अध्यक्ष विजय कामतले जानकारी दिए।
संक्रमण पुष्टि भएपछि घरमै सुरक्षित राखिएको अवस्थामा बिहीबार बेलुका एक्कासि मृत्यु भएको उनले बताए। घरमै मृत्यु भएपछि शव व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाई सकिएको छ । परिवारले हिजो बेलुकै मृत्यु भए पनि अध्यक्षलाई बिहान मात्रै जानकारी भएको थियो।

आफैं अन्त्येष्टि गर्न लाने तयारी भईसकेको रहेछ, थाहा पाएर रोकें अध्यक्ष कामतले भन्नुभयो–संक्रमितको घर भएकोले आसपासका छिमेकीहरु समेत घरमा आउजाउ नगर्ने भएकोले ढिलो थाहा भएको हो।






