
भदौ ४, २०७७ काठमाडौं : बिहीबार देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हुन्।साथै बिहीबार देशभरबाट २ सय जना संक्रमित डिस्चार्ज २ सय ६३ भएका छन्। आज काठमाडौं उपत्यकामा २ सय संक्रमित भेटिएका छन्।
आज देशभर ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका गौतमले जानकारी दिए। १७ हजार ९ सय ६४ जना आजसम्म डिस्चार्ज भएका पनि उनले जानकारी दिएका छन्।







