सुनको भाउ ह्वात्तै घट्यो

0
564

भदौ ४, २०७७ काठमाडौं : सुन र चाँदीको भाउ आज घटेको छ।
छापावाल सुन बुधबार एक लाख चार सयमा कारोबार भएकोमा आज तोलामा १६ सयले घटेर प्रति तोला ९८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

यस अघि सोमबार र मंगलबार सुन एक लाख ४ सयमा कारोबार भएको थियो। बुधबार भने भाउ स्थीर रहेको थियो। त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ३ सयमा कारोबार भइरहेको छ।

यसै गरी चाँदीको भाउ पनि घटेको छ। आज प्रतितोता ५ रुपैयाँले घटेर १ हजार ३६० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

SHARE