नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह सूर्य

0
852

भदौ ३,३०७७ काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) निर्वाचन आयोगमा बुधबार विधिवत दर्ता भएको छ । यसअघि सो दलको निवेदनलाई लिएर नेकपा भित्र विवाद चुलिएको थियो ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भएपछि एमाले अस्तित्वमा नभएकाबेला विराटनगर ६, मोरङ स्थायी घर रहेकी सन्ध्या तिवारीको अध्यक्षतामा सो दल दर्ताका लागि गत असार १६ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो ।
२१ सदस्यीय केन्द्रीय कार्य समिति रहेको सो दल निर्वाचन आयोगमा बुधबार दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार सो दललाई तत्कालका लागि दर्ता प्रमाणपत्र प्रदान गरिएको छ । राजपत्रमा प्रकाशित भएपछि आधिकारी प्रमाणपत्र पछि उपलब्ध गराइने उनले जानकारी दिए ।
यसअघिको नेकपा ९एमाले० को निर्वाचन चिन्ह ‘सूर्य’ रहेको थियो । त्यो चुनाव चिन्ह नेकपाले लिएको छ । तर अहिलेको नेकपा (एमाले) दलले ‘पहाडबाट उदाउँदै गरेको सूर्य’ निर्वाचन चिन्हका लागि आयोगमा पेश गरेको छ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेपछि सबै प्रक्रिया पु¥याएर आयोग बैठकले निर्णयअनुसार दल दर्ता गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

नेकपा सचिवालय बैठकमा दल दर्ताको विषयलाई लिएर टिकाटिप्पणी भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले दल दर्ता गर्न आदेश दिएको आरोप लगाएका थिए ।

SHARE