आज देशभर ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

0
318

भदौ ३, २०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

देशमा कोरोना संक्रमणको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ। भने ११ हजार १ सय १८ सक्रिय संक्रमितको संख्या रहेको छ। त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

यो सहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। मन्त्रालयका प्रवक्ता प्रा। डा। गौतमले २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण गरिएको उल्लेख गरे।

SHARE